बढ्दो प्रदूषणले वातावरणलाई चुनौती : नागरिकको मनोमानी, सरोकारवाला मूकदर्शक !

काठमाडाैं । हामीले वातावरण दिवस मनाईरहँदा काठमाडौं भने निकै फोहरमय बनेको छ । जताततै फोहोर नै फोहोरको थुप्रो मात्र देखिएको छ । संघीय राजधानी समेत रहेको कठामाडौंमा अरु केहि देख्न नपाए पनि फोहोरको थुप्रो भने देख्न पाइन्छ ।  यसले गर्दा अहिले सर्वसाधारणलाइ  सास फेर्न पनि कठिन भएको छ । काठमाडौंको मुख्य बजार क्षेत्र मात्र होईन टोल टोल गल्ली गल्लीमा फोहाेरको थुप्रो मात्र देख्न पाइन्छ । यसले गर्दा दुर्गन्धित बनेको छ अहिले काठमाडौं । पछिल्लो समयमा महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न निकै कठिन  छ । यो त एक उदाहरण मात्र हो।

पछिल्लो समय हामीहरु धुलो अनि धुँवामा मडारिएको शहरभित्र कोलाहल अनि कर्कश ध्वनिकाबीच, कंक्रिटका ढिक्काभित्र  प्लास्टिकका फूल अनि फूलदानी लगायत कृत्रिम अनि प्रशोधित जीवन–शैलीमा भौतारिएका छौ ।

MANASLU

कलकारखाना अनि घरबाट निस्केका ढलहरू खोलानालाले बोक्नपर्ने कहिलेसम्म ? पछिल्लो सयम धुँवा अनि धुलोबीच हाम्रा भावी पुस्ताहरूले हामी आफैँ स्वस्थ्य रहन सकौंला भन्ने कुरा सोच्न आवश्यक  छ ।

वतावरण भनेको समान्य भाषामा भन्नु पर्दा हाम्रो वरिपरि भएका वायुको आवरणलाई मान्न सकिन्छ । खाने खाना, पिउने पानी, श्वास फेर्ने हावा अनि अन्य थुप्रै कुराहरू वातावरणका उपहारहरू हुन् ।यस संसारमा सबैभन्दा मूल्यवान कुराहरू तिनै हुन्, जसलाई प्राप्त गर्न हामीले कुनै पैसा तिर्न पर्दैन ।

बढ्दो सहरीकरण, भौतिक विकास तथा अन्य विभिन्न मानवीय प्रभावका कारण हाम्रो स्वच्छ, स्वस्थ र सफा वातावरण दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । यही बिग्रँदो वातावरणका कारण मानव स्वास्थ र समाजको समृद्रधीमा विविध बाधा अड्चन थपिँदै छन् । कानुनी रुपमा नै हरेक मुलुकले स्वच्छ वातावरणलाई मानव अधिकारसँग जोडेका छन् । तर पनि अल्पविकसित तथा विकासोन्मुख मुलुकले स्वच्छ वातावरणको विषयलाई व्यवहारमा उतार्न भने सकेका छैनन् । नेपालको संविधान २०७२ को धारा ३० ले पनि प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हक प्रत्याभूत गरेको छ । पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रासबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने कुरासमेत यही संविधानमा उल्लेख छ । वास्तवमा मानव स्वास्थसँग प्रत्यक्ष रुपमा वातावरणीय पक्ष जोडिएकाले स्वच्छ वातावरणको कानुनी आधार तयार गरिएको हो । प्रदूषकले प्रदूषणको मार खेप्नेलाई उचित क्षतिपूर्ति दिनुपर्छ भन्ने वातावरणीय कानुनको सिद्धान्त प्रति धेरै अनविज्ञ नै छन् ।

वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्याय लगायतका कुराहरुमा विशेष ध्यान दिनु जरुरी छ। उचित रुपमा यसको कार्यान्वयनको अभाव खड्किरहेको पाइन्छ ।

वातावरणीय समस्याहरु कम गर्न सम्पुर्ण आमसरोकारवालाहरु पनि जागरुक हुनु पर्दछ । प्रदूषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रलाई नराम्रो असर पारिरहेको छ । मानवको समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ। विश्वबाट निस्कने ३० प्रतिशत फोहोर मैलाको कुनै प्रकारको व्यवस्थापन नभएको देखिन्छ भने विकासोन्मुख देश नेपालको अवस्था झनै विकराल रहेको छ ।

यसरी बढ्दै गएको समस्या र चुनौतीलाई समाधान गर्न वातावरण संरक्षणको महत्व सबैले बुझ्न जरुरी छ ।

आज जुन  ५ तारिख विश्व वातावरण दिवस  मनाइन्छ । विश्वव्यापी रूपमा मनाइने यो दिवसमा यसपालिको नारा ‘पर्यावरणीय पुर्नस्थापना’ भन्ने  रहेको छ । यो नारा लिएर वातावरण दिवस मनारहँदा वरीपरि हरीयाली वातावरणको कल्पना गरेका हुन्छौ ।  स्वस्थ्य सुन्दर सफा वतावरणको कल्पनामा हामी रहेका हुन्छौ यर्थाथमा त त्यो प्राय असम्भव नै भयो ।

विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्व पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो।

प्राकृतिक वस्तुहरूको अस्तित्व र सन्तुलनमा आएको गडबडीले मानव जातिको विकासलाई असर पुर्याउन थालेको छ । वातावरण प्रदुषण विभिन्न कारणले हुँदै आएको पाइन्छ । जल प्रदुषण, भूमी प्रदुषण, ध्वनी प्रदुषण, र रसायिनिक प्रदुषण प्रमुख प्रदुषणमा पर्दछन् ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्येश्य  साथ सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो।

पृथ्वीमा रहेका जीव, जनावर, वनस्पति, हावा, पानी, माटो, आदि सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरूको सामुहिक उपस्थिति नै वातावरण हो । यो प्राकृतिक सम्पदा पनि हो । वातावरण मानव जीवनका लागि अपरिहार्य छ । त्यसैले वातावरण सन्तुलनका लागि नेपालले पनि विश्व वातावरण दिवसलाई सन् १९७६ देखि नियमित रूपमा मनाउँदै आएको छ ।स्वस्थ वातावरणले प्रकृतिलाई सन्तुलनमा राख्नका साथसाथै बढ्दै गएको पोषण मागलाई पूरा गर्दै जान्छ अनि पृथ्वीमा रहेको सबै जीवजन्तुलाई बाँच्नको लागि सहजताको विकास गर्ने गरेको छ ।

वातावरणीय पक्षहरूलाई संरक्षित गर्दै विकासको गतिलाई एकीकृत तथा समानरूपमा अगाडि बढाउनु नै वातावरण व्यवस्थापन हो ।

पृथ्वीमा जीवनको अस्तित्वमा वातावरणले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पृथ्वी विभिन्न जीवित प्रजातिको घर हो र हामी सबै खाद्य, हावा, पानी र अन्य आवश्यकताहरूको लागि वातावरणमा निर्भर छौं ।

वातावरणको सिर्जना यस पृथ्वीमा रहेको जीवजगृत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भए पनि यसको संरक्षणमा मानवजातिको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो ।

You might also like

Comments are closed.