धनगढी नेत्रालय प्रा.लि.मा एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा.लि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसंगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा मा १० प्रतिशतसम्म छुट पाउनेछन् । फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष श्री गजेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदुर पश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेलको समेत उपस्थिति थियो ।

बैंकमा हालसम्म १४ लाख भन्दा बढी ग्राहक छन् । १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ए्.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम्.एस् बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

You might also like

Comments are closed.