पोखरामा ‘एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर’ हुँदै, सहभागीलाई आकर्षक पुरस्कार

पोखरा । पोखरामा ‘एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर’ हुने भएको छ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा मार्च २६ (चैत १२ गते) शनिबार फेयर हुन लागेको हो । न्युरोडस्थित सिटी स्क्वायरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म फेयर हुने एक्स्पर्ट पोखराका प्रवन्ध निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यानडा र युएसए जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट्ने अवसर विद्यार्थीले फेयरमा पाउनेछन् ।

फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सहभागीलाई एक्स्पर्टका तर्फबाट आकर्षक पुरस्कार प्रदान गरिने थापाले जानकारी दिए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि फेयर निकै उपलब्धिपूर्ण रहनेछ,’ थापाले भने, ‘विदेशमा उच्च शिक्षा अध्ययनसँग सम्बन्धित सम्पूर्ण जिज्ञासाको समाधान हामीले फेयरमा खोज्न सक्नेछौं ।’

प्रि भिजा प्रोेसेसिङ र मोक एक्जाम समेत निःशुल्क हुनेछ । फेयरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान एवं एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्बेष्डर पारस खड्काको उपस्थिति रहनेछ ।

lcci
You might also like

Comments are closed.