गत आर्थिक वर्षको तुलनामा निर्यात ३४ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा नेपालको निर्यात ३४ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको २ महिनाको अवधिमा निर्यात घटेको हो ।

तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउन र भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ। गतवर्ष २०७८/७९ को २ महिनाको अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले बढेको थियो।

यस अवधिमा नेपालबाट भारततर्फ हुने निर्यात ४५ दशमलव २ प्रतिशतले र चीनतर्फ हुने निर्यात २१ दशमलव ६ प्रतिशतले घटेको छ ।

त्यस्तै, यी दुई बाहेक अन्य मुलुकतर्फ हुने निर्यात १३ दशमलव २ प्रतिशतले घटेको छ। खासगरी, नेपालबाट विदेशतर्फ हुने जिंक सिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी लगायत वस्तुको निर्यात घटेको छ ।

You might also like

Comments are closed.