शुक्रबार कुमारीपाटीमा फेसियल हाउसको ११ औँ शाखा शुभारम्भ हुँदै

ललितपुर । फेसियल हाउसको ११ औँ शाखा केएम कम्प्लेक्स कुमारीपाटी ललितपुरमा शुभारम्भ हुने भएको छ ।

भोलि शुक्रबार दिउँसो १ बजे शाखाको विधिवत् रुपमा शुभारम्भ गर्न लागिएको फेसियल हाउसकी सञ्चालक सुस्मा महराले जानकारी दिइन् ।

उनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने कार्यक्रमको तय भएको छ । सौन्दर्य क्षेत्रमा लामो समयदेखि आबद्ध यस फेसियल हाउसले विभिन्न स्थानमा शाखा विस्तार गरी सेवा दिइरहेको छ ।

फेसियल हाउसले दिने सेवा सुविधाप्रति ग्राहकको आकर्षण पछिल्लो समय बढ्दै गइरहेको छ । यसले धेरैलाई रोजगारी समेत प्रदान गरिरहेको छ ।

सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाएर गुणस्तरिय सेवा तथा विश्वसनियता कायम राख्दै अहिले सबैको मनमनमा फेसियल हाउस बसेको छ ।

You might also like

Comments are closed.