शैक्षिक परामर्श संस्थालाई नियमन गर्न आग्रह

पोखरा । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल, गण्डकी प्रदेशले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई ज्ञापन पत्र बुझाएको छ ।

शैक्षिक परामर्श संस्थालाई नियमन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको अध्यक्ष जागृतप्रसाद भट्टराईले जानकारी दिए । शैक्षिक परामर्श संस्थालाई शिक्षा मन्त्रालयको व्यवस्था अनुशार दर्ता तथा नविकरण प्रकृयामा लैजानको लागि संघले आग्रह गरेको छ ।

अध्यक्ष जागृत प्रसाद भट्टराई, महासचिव सन्जय सुवेदी र सदस्य सुर्य प्रसाद भण्डारीको टोलीले मन्त्री पुनलाई ज्ञापनपत्र बुझाएको हो ।

You might also like

Comments are closed.