काठमाडौं । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।
सो आगलागीमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।
स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ।
उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो। आगो ३ हजार ५ सय वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटनाबारे अनुसन्धान जारी छ ।
Comments are closed.