पोखरामा फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट

पोखरा । हस्टिालिटी क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीलाई मध्यनजर गर्दै पर्यटकीय नगरी पोखरामा फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट सञ्चालनमा आएको छ । दक्ष तथा अनुभवी प्राध्यापकबाट नविनतम विधि तथा प्रविधिको प्रयोगगरि विद्यार्थीलाई शिक्षा प्रदान गर्ने लक्ष्यसहित कलेज सञ्चालनमा आएको हो । विश्वको हस्पिटालिटी शिक्षालाई पर्यटकीय तथा ताल नगरि पोखराबाट ऐतिहासिक यात्रा शुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष समीर थापाले बताए ।

अन्तर्राष्ट्रियस्तरका होटल म्यानेजमेन्ट कलेजबाट एसियामा नै उत्कृष्ट बन्न कलेज प्रयासरत छ । अन्य देशबाट विद्यार्थी अध्ययनका लागि आउने सक्ने र आफ्नो प्रोफेसनल करियर विकास गर्ने अवसर विद्यार्थीले पाउनेछन् । फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट हस्पिटालिटी क्षेत्रमा डबल सर्टिफिकेसनको लागि नेपालको पहिलो कलेज हो ।

ब्याचलर डिग्री इन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट मलेसियाको टेलर विश्वविद्यालय अन्तर्गत स्कुल अफ हस्पिटालिटी टुरिजम एण्ड इभेन्ट्ससँग शैक्षिक साझेदारी गरी कलेज संचालन गरिएको छ । हस्पिटालिटी क्षेत्रको अध्ययनको लागि विश्वमा उत्कृष्ट २१ विश्वविद्यालयभित्र पर्न सफल छ टेलर युनिर्भसिटीको हस्पिटालिटी प्रोग्राम ।

द स्टिमिड युनिभर्सिटी अफ टुलुज जिन जेउरस फ्रान्ससँग सहकार्यगरी सवसिक्वेन्ट डिग्रीका लागि सहकार्य गरिएको छ । जुन शिक्षा मन्त्रालय फ्रान्सद्वारा मान्यताप्राप्त युरोप कै तेस्रो पुरानो विश्वविद्यालय हो । ४ वर्षे हस्पिटालिटी म्यानमेन्ट कोर्ष सञ्चालनका लागि शिक्षा मन्त्रालयबाट सम्वन्धन प्राप्त भइसकेको छ । माथि उल्लेख गरिएका अन्तर्राष्ट्रियस्तरका कोर्ष बराबरको कोर्ष नेपालको त्रिभुवन विश्वविद्यालयसँग अनुमोदन हुने प्रक्रियामा छ । सिटिइभिटीबाट पनि छिट्टै अप्रुभल आउने बताइएको छ ।

होटल, रेष्टुरेन्ट, वार एण्ड वेभरेज, अनोलोजी, मिक्सोलोजी, रुम डिभिजन कोर्ष, वारिष्ठा, कुलिनरी आर्ट, बेकरी एण्ड कन्फेक्सनरी, क्लब म्यानेमेन्ट, इभेन्ट म्यानेजमेन्ट, सफ्ट स्किल डेभलेपमेन्ट फर बिजनेश एण्ड इन्टरप्रेनरसिप, फ्रेन्च भाष कक्षा लगायतका कक्षा संचालन हुनेछन् ।

पोखरामा कोर्ष संचालन गर्नुको मुख्य उद्देश्य भनेको सस्तो शुल्कमा स्थानीय विद्यार्थीलाई कलेजमा आबद्ध गर्नु रहेको अध्यक्ष थापाले बताए । ‘अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी एण्ड टुरिजम इन्डष्ट्रिको क्षेत्रमा उत्कृष्ट शिक्षा प्रदान गर्नु हो,’ उनले भने, ‘अध्ययन पश्चात नेपाल तथा विदेशमा रोजगारको लागि मार्गदर्शन प्रदान हुनेछ ।’

अन्तर्राष्ट्रियस्तको होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रको कोर्ष सञ्चालन गरेको फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्टलाई सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टको सर्मथन छ । सिल्भर माउन्टेन राजधानी काठमाडौंमा सन् २००१ देखि सञ्चालन भइरहेको छ ।

फिस्टेल माउन्टेनमा १ महिना, ३ महिना, ६ महिना र ९ महिनाका सर्ट टर्म डिप्लोमा कोर्ष पनि संचालनमा छन् जुन कोर्ष अमेरिकाको अमेरिकन हस्पिटालिटी एकेडेमीसँग एकेडेमिक पार्टनसिपमा संचालन गरिएको बताइएको छ ।

४ वर्षको कोर्षमा पाँचौ र आठौं सेमेस्टरमा इन्टर्नसिप गर्नुपर्नेछ । इन्टर्नसिपको लागि विद्यार्थीलाई अष्ट्रेलिया, युएसए, युके, टर्की, गल्फ सिटी, केही मात्रामा साउथ इष्ट एसियन सिटी, लगायतका प्रतिष्ठित ५ तारे र ७ तारे चेन होटलहरुमा पठाइनेछ ।

हस्पिटालिटी क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट उत्कृष्ट गन्तव्य बन्न सफल हुने अध्यक्ष थापाले विश्वास गरे । सर्ट टर्म कोर्षहरु तिहारपछि सञ्चालन हुनेछन् । सबै कोर्षको लागि लिमिटेड सिट रहेको बताइएको छ । विद्यार्थीको मेरिट र फस्ट कम फस्ट सर्भिसको आधारमा विद्यार्थी भर्ना लिइनेछ ।

You might also like

Comments are closed.