काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । फोरम स्थापना गर्न महासंघ सचिवालय टेकुमा भएको बैठकले सहमती गरेको हो ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनैपनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताएका छन् ।
बैठकमा जेटीयुसीसीका अध्यक्ष योगेन्द्र कुंवरले गत मङ्सीरमा भएको समझदारी पत्र समिक्षा गर्नका साथै आगामी दिनमा आउन सक्ने चुनौतीको दुई पक्ष रूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पार्दै जानुपर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ बढाउदै जानुपर्ने जरुरी रहेको बताएका छन् ।
यस्तै जिईएफओएनटीका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्धिपक्षिय समझदारी गरिएको बिषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमलाई दुईपक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडी बढन जरुरी रहेको बताए ।
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठले गत मङ्सीरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निक्र्योल गरिनुपर्ने विषयमा छलफल बैठक आयोजना हुनुपर्ने कुरालाई जोड दिए ।
साथै, दुई पक्षिय रूपमा समाधान हुन सक्ने कुनैपनि समस्याहरु सरकारमा जानु भन्दा अगाडी दुई पक्षका बीच छलफल हुनका साथै अन्तर्रास्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको बिषयलाई जोड दिइएको छ ।






Comments are closed.