काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक जगतबहादुर पोखरेललाई मनोनित गरिएको छ ।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यको रुपमा मनोनित गर्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत कार्यसमिति, विभिन्न समितिलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।
समितिको आमन्त्रित सदस्यको रुपमा निर्वाह गर्नुपर्ने भूमिका कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने पोखरेलले प्रतिबद्धता जनाएका छन् ।
महासंघलाई सशक्त रुपमा अगाडि बढाउने कार्यमा पोखरेल सम्मिलित समितिले महत्वपूर्ण योगदान पर्याउनेमा महासंघ विश्वस्त रहेको छ ।
Comments are closed.