नेपाल उद्योग वाणिज्य महासंघले स्तन तथा पाठेघर परीक्षण कार्यक्रम गर्ने भएको छ ।
ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालको सहयोगमा यहीँ कात्तिक ३० गते आईतबार काठमाडौंको डिल्लीबजारस्थित पद्यमकन्या माध्यमिक विद्यालयमा कार्यक्रम हुनेछ ।
बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने यस कार्यक्रममा सहभागी भएर आफ्नो स्वास्थ्य निःशुल्क जाँच गर्न महासंघले अनुरोध गरेको छ ।
महासंघको महिला उद्यमी विकास समिति, नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ र लायन्स क्लब अफ काठमाडौं सेन्ट्रलको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।








Comments are closed.