जाने होइन त ‘जाडोमा न्यानो अफर जुत्ता चप्प्ल मेला’ ?

काठमाडौं । काठमाडौं भृकुटीमण्डपस्थित ठूलो चौरमा जाडो मौसमलाई लक्षित गरी आयोजना गरिएको जाडोमा न्यानो अफर जुत्ता चप्प्ल मेला यतिबेला जारी छ ।

जाडो मौसम र लगन तथा शुभ मुहुर्तलाई मध्यनजर गर्दै आयोजना गरिएको मेलामा चुनाव सकिएसँगै ग्राहकको आकर्षण पनि बढ्दै गएको छ ।

फुटवयेर म्यानुफ्यक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला आम निर्वाचनका कारण केही प्रभावित भए पनि अहिले भने पिकअप लिन थालेको पूर्व अध्यक्ष एवं मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

कात्तिक २४ गतेदेखि सुरु भएको मेला आगामी पुस २ गतेसम्म चल्नेछ । बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संयोजनक उपाध्यायले बताए ।

३ हजार भन्दा बढी प्रकारका जुत्ता चप्पलहरु प्रदर्शन एवं बिक्रीमा राखिएको मेलाबाट धेरै ग्राहक लाभान्वित हुने आयोजकको अपेक्षा छ । ‘बच्चादेखि वृद्धसम्म सबैलाई मिल्ले लेडिज, जेन्स, लेदर तथा स्पोर्टस जुत्ताहरु उपलब्ध छन्,’ सहसंयोजक जीवन श्रेष्ठले भने ।

स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, स्मार्ट, स्टाइल, सिललगायत अन्य विभिन्न ब्राण्डहरुको जुत्ता चप्पलको स्टल मेलामा राखिएको छ।

You might also like

Comments are closed.

Secret Link