बुटवल । आगामी पुस २१ देखि राजधानी काठमाडौंमा हुने अन्तर्राष्ट्रिय फुटवयर एक्स्पो तथा औद्योगिक प्रदर्शनीको तयारी तीव्र बनाइएको छ। एक्स्पोको तयारीका क्रममा आयोजक फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले देशका विभिन्न शहरमा छलफल तथा अन्तरक्रिया गरेको छ।
बुटवल, घोराही, सुर्खेत र कोहलपुरमा त्यहाँका व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरी एक्स्पोलाई सफल र उत्कृष्ट बनाउन सुझाव संकलन गरिएको एसोसिएसनका उपाध्यक्ष एवं औद्योगिक प्रदर्शनीका संयोजक सुरज बञ्जाडेले जानकारी दिए ।
बुटवलमा संघका अध्यक्ष नानीराज घिमिरेको नेतृत्वमा र घोराही, सुर्खेत तथा कोहलपुरमा उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेको नेतृत्वमा कार्यक्रम भएको हो । प्रदर्शनी पुस २१ गतेदेखि २३ गतेसम्म चल्नेछ।
प्रदर्शनीमा विश्वका विभिन्न देशहरुका उत्पादन तथा प्रविधि प्रदर्शनीमा राखिनेछ। नेपालका चर्चित प्राय सबै ब्राण्डहरुको सहभागितामा प्रदर्शनी सफल हुने संस्थाले विश्वास छ ।
Comments are closed.