पद्मोदय मोडमा पुनः जुत्ता एक्स्चेन्ज मेला सुरु, पुराना जुत्ता साटफेर गर्न सकिने

काठमाडौं । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुत्ता शोरुमहरुले जाडो मौसमलाई मध्य गरी पुनः जुत्ता चप्पल एक्स्चेन्ज मेला सुरु गरेको छ ।

विशेषगरी माघ महिनामा हुने विवाह तथा अन्य पार्टीहरुलाई मध्यनजर गरी मेलाको सुरुवात गरिएको हो । मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुललगायतका जुत्ताहरु उपलब्ध छन् । यसका साथै विशेषगरी जाडोलाई मध्यनजर गर्दै नयाँ नयाँ स्पोर्टस् डिजाइनका जुत्ताहरु, नयाँ नयाँ बुटहरु लन्च गरिएको सञ्चालक प्रमोद महतोले जानकारी दिएका छन् ।

शोरुमहरुले विशेषगरी मंसिर महिनामा हुने विवाह तथा शुभमुर्हतलाई मध्यनजर गरी लन्च गरीएका ७ सय डिजाइन र थप ४ सय गरी कुल ११ सय डिजाइनका जुत्ता चप्पलका साथ यो मेलाको आयोजना गरीएको सञ्चालक महतोले जानकारी दिए । जुत्ता चप्पल एक्सचेन्ज मेला माघ महिनाभरी संचालन हुने अर्का संचालक जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

जाडो बढ्दै गएको र विवाहको लगन सुरु हुन थालेसँगै मेलाप्रतिको ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गरेर एक्स्चेन्ज मेला पुनः सुरु गरिएको हाे । मेलामा नयाँ जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुट कम्पनीले दिने व्यवस्था र एक जोडी पुरानो जुत्ताको पाँच सय मुल्यांकन बराबारको छुट प्राप्त गर्ने संचालक श्रेष्ठले जानकारी दिए ।

साथै मेलामा नयाँ डिजाइनका जुत्तामा वारेन्टीको पनि व्यवस्था गरिएको छ । सिंह दरबारदेखि पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुमले मेला आयोजना गरेका हुन्।

You might also like

Comments are closed.