सम्पूर्ण ब्राण्डका जुत्ता चप्पल एकै छानामुनि

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी छ । जुत्ता चप्पल कम्पनीहरुको संयुक्त आयोजनामा सुरु भएको व्यापार मेलाप्रति ग्राहकहरुको आकर्षण बढ्दो छ ।

विभिन्न ब्राण्डका आकर्षक जुत्ता चप्पलहरु एकै स्थानमा पाउने भएका कारण मेला प्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको आयोजक सबिन कार्कीले बताए । ‘मेलामा ग्राहकहरुको उत्साहजनक उपस्थिति छ । रोजे अनि खोजेका सबै ब्राण्डका जुत्ता चप्पल एकै छानामुनी पाइन्छ ।

आउनुहोस् रोजीरोजी जुत्ता चप्पल लिएर जानुहोस् । धेरै समय छैन’– कार्कीले भने । करिब १ हजार प्रकारका जुत्ता चप्पलहरु एकै स्थानमा पाइने मेला माघ महिनाभरी संचालन हुनेछ ।

jutta mela

मेलामा जुनसकै उमेर समूहका व्यक्तिका लागि जुत्ता चप्पल उपलब्ध रहेको अर्का आयोजक गंगा श्रेष्ठले बताए । मेलामा आएका कुनै पनि ग्राहकले फर्किनु नपर्ने उनले बताए ।

विशेषगरी जाडो मौषम र विवाह तथा शुभमुर्हतलाई लक्षित गरी आयोजना गरिएको मेलामा करिब ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । ‘७० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल बिक्री वितरण गरिरहेका छौं,’ आयोजक कार्कीले भने, ‘मेलामा आएर जुत्ता चप्पल खरिद गर्ने ग्राहकले विशेष लाभ लिन सक्नुहुनेछ ।’

मेलामा हाइलाइफ, बाम्बो, वान वर्ल्ड, शिखर, फुट स्टेप, प्राइड, बोस र भेनसलगायतका ब्राण्डको सहभागिता रहेको व्यवसायी श्रेष्ठले बताए । एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिल्ने उनले बताए ।

You might also like

Comments are closed.