भृकुटी मण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी, ग्राहकको आकर्षण बढ्दाे

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ यतिबेला जारी छ । जुत्ता चप्पल कम्पनीहरुको संयुक्त आयोजनामा सुरु भएको व्यापार मेला माघ महिनाभरी संचालन हुनेछ ।

विभिन्न ब्राण्डका आकर्षक जुत्ता चप्पलहरु एकै स्थानमा पाउने भएका कारण मेला प्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको आयोजक सबिन कार्कीले बताए ।

करिब १ हजार प्रकारका जुत्ता चप्पलहरु एकै स्थानमा पाइने भएपछि ग्राहकहरुको समय पनि बचत हुने र आकर्षक मूल्यमा जुत्ता चप्पल प्रदान गर्न मेलाको आयोजना गरिएको कार्कीले बताए ।

jutta mela

मेलामा जुनसकै उमेर समूहका व्यक्तिका लागि जुत्ता चप्पल किन्न पाइने बताउँदै उनले मेलामा आएका कुनै पनि ग्राहकले फर्किनु नपर्ने बताए ।
विशेषगरी जाडो मौषम र विवाह तथा शुभमुर्हतलाई लक्षित गरी आयोजना गरिएको मेलामा करिब ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

‘७० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल बिक्री वितरण गरिरहेका छौं,’ आयोजक मध्येका एक व्यवसायी कार्कीले भने, ‘मेलामा आएर जुत्ता चप्पल खरिद गर्ने ग्राहकले विशेष लाभ लिन सक्नुहुनेछ ।’

मेलामा हाइलाइफ, बाम्बो, वान वर्ल्ड, शिखर, फुट स्टेप, प्राइड, बोस र भेनसलगायतका ब्राण्डको सहभागिता रहेको अर्का व्यवसायी गंगा श्रेष्ठले बताए । एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिल्ने उनले बताए ।

You might also like

Comments are closed.