फस्टाउँदो सामुदायिक वनबाट आयआर्जन गर्दै उपभोक्ता

धु्रवसागर शर्मा ,गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा विगत डेढ दशक अघिसम्म उजाड देखिएका डाँडापाखाहरु अहिले घना जङ्गलमा परिणत भएपछि उपभोक्ताहरुले वनबाटै आयआर्जन गर्नाका साथै वातावरण सन्तुलनमा पनि सहयोग पुगेको छ ।

विगतमा मानवीय लापरबाही, अनियन्त्रित वन फँडानी, खडेरी र डढेलोका कारणले उजाड बनेका वन जङ्गल फस्टाएर हराभरा भएपछि उपभोक्ताहरुले घाँस, दाउरा, जडीबुटी र अन्य वन पैदावरको उपयोग तथा बिक्री गरेर आयआर्जन गर्न सफल भएका बगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताए ।

वन फँडानी रोकिएर जङ्गल हराभरा हुन थालेपछि सुक्दै गएका पानीका मुहान तथा जरुवाहरुमा पनि पानी देखिन थालेको र पानीको मुहानसमेत बढेर गएको स्थानीय बासिन्दाको भनाइ छ ।स्थानीय उपभोक्ताकै स्वामित्वमा रहेका सामुदायिक वनलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने उद्देश्यका साथ जिल्लाका सामुदायिक वन समूहरु बेलाबेलामा सामूहिक छलफलमा जुट्ने गरेका सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

jutta mela

सरकारी स्वामित्वमा रहेको वन तीव्ररुपमा विनास हुन थालेपछि सरकारले स्थानीय उपभोक्तलाई नै वन संरक्षणमा सहभागी गराउने उद्देश्यले सामुदायिक वनको अवधारणा ल्याएपछि उपभोक्ताहरु पनि यसरी सक्रिय हुन थालेका हुन् । गाउँमा सामुदायिक वन गठन भएपछि घाँसदाउरा लिन घण्टौँ भौँतारिनुपर्ने बाध्यताबाट मुक्ति मिलेको गोश्वारा सामुदायिक वन उपभोक्ता समूहका कृष्ण रिजालले बताए । जिल्लामा तीन सय ६७ वन समुदायमा हस्तान्तरण भएपछि हजारौँ उपभोक्ताहरु त्यसबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका सामुदायिक वन उपभोक्ता महासंघका पूर्वअध्यक्ष सीता गुरुङले बताए ।

सामुदायिक वनका उपभोक्ताहरु आफ्नो वनमा समयसमयमा वनका अनावश्यक बोटबिरुवा काँटछाँट गर्दछन् र त्यसैबाट उपभोक्ताहरुलाई आवश्यक काठ दाउरासमेत आउँछ । डिभिजन वन कार्यालयका अनुसार उपभोक्ता समिति गठन भएपछि स्थानीय उपभोक्ताहरुलाई घाँसदाउरा मात्र नभएर घर फर्निचर बनाउन आवश्यक परेको काठ पाउनका लागि पनि सजिलो भएको छ । सामुदायिक वन समूहरुले बढी भएको काठदाउरा बेचेर सामुदायिक वनको आयआर्जनमा समेत लागेका छन् ।

जिल्ला भित्रका कतिपय सामुदायिक वन समितिहरुले त स्थानीय विकासका लागि महत्वपूर्ण कार्यसमेत गर्दै आएका छन् । काठदाउरा बिक्रीबाट आम्दानी भएको सामुदायिक वन समितिको कोषको रकमबाट ग्रामीण सडक निर्माण, सामुदायिक संघसंस्थाहरुलाई सहयोग, विपन्न तथा दलितवर्गलाई सहुलियत दरमा ऋण प्रवाहलगायत कामसमेत गरिएका छन् ।

जिल्लाका कतिपय सामुदायिक वन समूहले आफ्नो आम्दानीबाट कतिपय स्थानमा भौतिक पूर्वाधार विकासमा सघाउ पुर्‍याउँदै आएका छन् । आफ्नो क्षेत्रमा खानेपानीको समस्या समाधान गर्नका लागि आफ्नै स्रोतले खानेपानी योजना निर्माणका कामसमेत सञ्चालन हुँदै आएका छन् ।

त्यसैगरी केही सामुदायिक वनले आफ्नो क्षेत्र भित्रको सामुदायिक वनमा उद्यानसमेत बनाएर पर्यटक आकर्षित गर्न थालेका छन् ।

दुई महिनापछि जहाज अवतरण

दुई महिनापछि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा गत जेठ १५ गते पछि पहिलो पटक साउन ३० गते (करिब दुई महिनापछि) जहाज अवतरण भएको छ ।

गत जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालको फेद सानसुरे भिरमा तारा एयरको ९ एन एइटी जहाज दुर्घटनामा भएपछि पोखरा–जोमसोम हवाई सेवा रोकिएको थियो । सो विमान दुर्घटनामा चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु भएको थियो ।

विमान दुर्घटना भएको २२ दिनपछि गत असार ७ गते जोमसोममा एउटा जहाज अवतरण गराइएको थियो । असार ७ गतेयता मौसम सफा भएको बेलामा पनि पर्यटकहरुले जहाजमार्फत मुस्ताङ जाने रुचि नदेखाएकाले कुनै पनि विमान जोमसोममा अवतरण भएका थिएनन् तर ५४ दिनपछि सोमबार (हिजो) १७ यात्रु बोकेको समिट एयरको जहाज अवतरण भएको विमानस्थलका प्रमुख पुष्कलराज शर्माले जानकारी दिए ।

उनका अनुसार गत असार ७ गते अन्तिम पटक जहाज उडान भएको विमानस्थलमा ५४ दिनपछि सोमबार मात्र एउटा विमान अवतरण भएको हो । मौसममा सुधार आएसँगै सोमबार बिहान सवा ९ बजे समिट एयरको जहाजमार्फत ११ विदेशी र छ नेपाली जोमसोम विमानस्थलमा अवतरण गरेका प्रमुख शर्माले जानकारी दिए ।

अहिलेसम्मको अवस्थामा मौसममा राम्रो सुधार आएको र अब मुस्ताङ घुम्ने याम पनि सुरु भएका कारण दैनिक उडानको सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो । “विगतमा एक दिनमा सबैभन्दा बढी १७ वटासम्म उडान भएको थियो । अब पर्यटकका लागि मुस्ताङमा वातावरण अनुकुल भएको छ । मौसममा समस्या नआए उडान सङ्ख्या बढ्दै जान सक्छ,” प्रमुख शर्मा भने ।

You might also like

Comments are closed.