काठमाडौं । राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडबीच शेयर स्वामित्व खरिद गर्ने सम्वन्धी सम्झौता शुक्रबार सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र क्यापिटलका अध्यक्ष दीपक पाण्डेयले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सो सम्झौता पश्चात के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व कायम भई के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित हुने भएको छ ।
गरिमा विकास बैंक लिमिटेडले शेयर लगानी गरे पश्चात के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने समेत सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडका अध्यक्ष दीपक पाण्डेयद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Comments are closed.