‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउदै न्यूनतम बार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।

यो सुविधा अन्तर्गत बैंकले खरिद मूल्यको ८०% सम्म अधिकतम १० बर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।

jutta mela

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ सुविधा दिदै आईरहेको छ ।

You might also like

Comments are closed.