ग्लोबल कलेज र डाइनामिक टेक्नोसफ्टबीच सहकार्य

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल र डाइनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतामा हालै एक कार्यक्रमबीच कलेजको तर्फबाट कलेजका सीपीडी प्रमुख डा. अक्षय अरोरा र डाइनामिक टेक्नोसफ्टकोतर्फबाट सिइओ दीपक शाहले हस्ताक्षर गरेका छन् ।

कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाको नेतृत्वमा हस्ताक्षर कार्यक्रम भएको हो । हस्ताक्षर कार्यक्रममा कलेजका आइटी हेड नविन दुवाडी लगायतको सहभागिता थियो ।

jutta mela

ग्लोबल कलेज इन्टरनेशनलसँग एमओयूमा हस्ताक्षर गर्न पाउँदा निकै खुसी लागेको टेक्नोसफ्टकोतर्फबाट सिइओ दीपक शाहले बताए । सम्झौता पश्चात कलेजका विद्यार्थीहरूले डाइनामिक टेक्नोसफ्टमा इन्टर्नशिपका साथै प्लेसमेन्टको अवसर पाउनेछन् ।

 

You might also like

Comments are closed.