काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल र फ्रक्सजवबीच सहकार्य गर्ने सम्झौता भएको छ । ग्लोबल कलेज इन्टरनेशनलका प्राचार्य डा. करणसिं ठगुन्ना र फ्रक्सजवका म्यानेजिङ डाइरेक्टर बिमल कँडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । जनवरी १४, २०२२ मा एचआर कन्क्लेभ आयोजना गर्न फ्रक्सजवसँग सम्झौता गरिएको बताइएको छ ।
सम्झौताको मुख्य उदेश्य मानव संसाधन व्यवस्थापनमा गुणस्तरीय संस्कृतिको महत्व बुझ्नका लागि एचआर कन्क्लेभ आयोजना गर्नु हो जसले संस्थाले कसरी नविन विचारका साथसुधार गरिरहेका छन् भन्ने बुझ्न सहयोग गर्छ ।
दुई संस्थाबीचको सहकार्यले मानव संसाधनका क्षेत्रमा नेपालको बजारमा उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ जहाँ शिक्षाविद र कर्पोरेटहरु एकैसाथ सहभागी हुन्छन् । शिक्षालाइई व्यवहारिक बनाउन पनि दुवै पक्षबाट प्रयास गरिन्छ ।
हस्ताक्षर कार्यक्रममा आइक्युएसीका निर्देशक डा। देवराज पनेरु, ग्लोबल कलेजका ग्रयाजुएट स्टडिन र सेन्टर फर प्रोफेसनल डेभलपमेन्टका निर्देशक डा. अक्षय अरोरा, फ्रक्सजवका बिजनेश कोअर्डिनेटर सुशील सहभागी थिए ।
विद्यार्थीका लागि नेपालका मात्र नभई अन्तर्राष्ट्रियस्तरका स्रोत उपलब्ध गराउने प्रतिवद्धता कलेजले गरेको प्रिन्सिपल डा। ठगुन्नाले बताए । जसबाट विद्यार्थीले धेरै भन्दा धेरै फाइदा लिन सक्नेछ्न् ।
फ्रक्सजवका म्यानेजिङ डाइरेक्टर बिमल कँडेलले सम्झौताले दुई संस्थाबीचको सम्वन्ध स्थापित मात्र नगरि महामारीको यस समयमा तालिमको उपयोगितालाई पनि प्रवद्र्धन गर्ने बताए ।
Comments are closed.