ग्लोबल कलेज इन्टरनेशनलद्वारा देशभरका विभिन्न शैक्षिक संस्थासँग सहकार्य

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले विभिन्न शैक्षिक संस्थासँग सहकार्य गर्ने भएको छ । उच्च शिक्षाको लागि फ्याकल्टी डेभलपमेन्ट अन्तर्गत विभिन्न शैक्षिकसंस्थासँग सहकार्य गरिएको हो ।

विश्वविद्यालयमा शिक्षामा नविनतम विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान विकास, इ लर्निङ र डिजिटल प्रणालीमा प्रतिनिधित्व हुनेगरि विभिन्न संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको हो । सम्झौता गरिएका संस्थामा नवलपरासीको मध्यविन्दु मल्टिपल क्याम्पस, बाबई मल्टिपल क्याम्पस गुलरियम बर्दिया, सुदुरपश्चिम एकेडेमी धनगढी, हिमालय दर्शन कलेज विराटनगर, बिरगञ्ज मल्टिपल कलेज बिरगञ्ज, ज्ञानदीप कलेज दाङ, बागेश्वरी मल्टिपल क्याम्पस बाकेँ लगायत छन् ।

जिसिआइका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले सातवटै क्याम्पसका प्रमुखसँग भर्चुअल रुपमा सम्झौता आदानप्रदान गरेका थिए । कार्यक्रममा आइक्युएसीका डाइरेक्टर देवराज पनेरु, रिसर्च डाइरेक्टर सुवास श्रेष्ठ, आइसिटी डाइरेक्टर ई. नविन दुवाडी लगायत सहभागी थिए ।

jutta mela

जिसिआईले ह्याण्डल गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजना र आगामी दिनमा हुने अनुसन्धान र प्रशिक्षण कार्यक्रममा सहयोग गर्ने तथा सहभागी हुने क्याम्पस प्रमुखहरुले संयुक्त रुपमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.