ग्लोबल कलेज इन्टरनेशनल बिएचएमका विद्यार्थीलाई ओरियन्टेसन

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज इन्टरनेशनल अन्तर्गतको ब्याचलर अफ होटल म्यानेजमेन्ट( बिएचएम)मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई ओरियन्टेसन कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा भर्ना भएका ८४ जना नयाँ विद्यार्थीलाई चितवनको सौराहमा बिहीबार र शुक्रबार ओरियन्टेसन कार्यक्रम गरिएको हो ।

कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना, डाइरेक्टर डा. देवराज पनेरु, रिजनल होटल एसोसिएसन अफ नेपाल चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराई लगायतले विद्यार्थीलाई ओरियन्टेसन प्रदान गरेका थिए ।

jutta mela

कलेजले अघिल्लो वर्ष पनि चितवनमै कार्यक्रम गरेको थियो । कलेजले समयमा नै भर्र्ना सकेर ओरियन्टेसन कार्यक्रम गर्न सफल भएको प्रोग्राम को–अर्डिनेटर अनुराग गैरेले जानकारी दिए ।

You might also like

Comments are closed.