नेपाली बजारमा भित्रियो जेसिस्ट ब्राण्डको विद्युतीय स्कुटर

काठमाडौं ।  जेसिस्ट ब्राण्डको विद्युतीय स्कुटर नेपाली बजारमा भित्रिएको छ । इण्डोनिसयाको यो ब्राण्डलाई एम भी दुगड ग्रुप अन्तर्गतको विभेक अटोमोबाइल्स प्रालिले नेपाल भित्र्याएको हो । सोमबार एक कार्यक्रमबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्कुटर सार्वजनिक गरे ।

स्कुटरको शोरुम नक्सालस्थित राजनबाबु भवनमा राखिएको छ । कार्यक्रममा बोल्दै घिसिङले विद्युत खपत बढाउन विद्युतीय साधनलाई प्राथमिकता दिनुपर्ने बताए । खरिद पछि मर्मत खर्च कम लाग्ने र इन्धनको मूल्य जोगिने भएकाले विद्युतीय सवारी लाभदायक रहेको घिसिङको भनाई छ ।

अटोमोबाइल क्षेत्रमा लामाले समयको अनुभव संगालेको एमभि दुगड ग्रुपले नेपाली बजारमा भित्र्याएको यो स्कुटर लोकप्रिय हुने विश्वास लिइएको छ ।

सय किलोमिटर रेन्जमा उपलब्ध यो स्कुटर प्रिमियम तथा सुबिधाजनक रहेको कम्पनीले जनाएको छ । कम्पनीले देशभर बजार विस्तारको योजना बनाएको छ । स्कुटर तीन कलरमा उपलब्ध छ । सिङगल ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ५० हजार र डबल ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख १० हजार पर्नेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.