ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवामा १५ प्रतिशत छुट दिइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकका ग्राहकले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरु खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ्ग पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग वापत भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन् । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याइरहेको छ ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो । जसले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.