घट्यो सुनचाँदीको मूल्य, आज तोलाको कति पुग्यो त?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

आज बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाले घटेको छ भने चाँदी तोलामा ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकरी दिएको छ ।

मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजारले घटेर ९७ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस्तै, चाँदीको मूल्य पनि बुधबार ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...