आज सुनको मूल्य तोलामा ९ सयले घट्यो

काठमाडौं ।  नेपाली सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।

बुधबार तोलामा ९ सयले घटी छापावाला सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा रु १० रुपैयाँले घटेको छ ।

आज तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

You might also like

Comments are closed.