आज सुनचाँदीको भाउ कति ?

 

काठमाडौं । साताको तेस्रो दिन आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो ।

सोमबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.