बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार !

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधबार भने तोलामा २ सयले बढेको छ ।

आज तोलामा २ सयबढेसँगै कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तोलमा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य बुधबार ५ रुपैयाँ बढ्दै प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ थियो।

jutta mela

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८६१.७८ डलरमा कारोबार भइरहेको छ भने चाँदी २२.०४ डलर छ।

You might also like

Comments are closed.