काठमाडौं । नेपाली बजारमा लगातार घटेको सुनचाँदीको मूल्य आज उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।
तोलामा १ हजार ४ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । तोलामा ५० रुपैयाँले बढेसँगै आइतबार चाँदी तोलाको १२ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । शुक्रबार चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.