आइतबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा गत साताको बिहीबारदेखि निरन्तर सुनको मूल्य स्थिर रहेको छ । यस साताको पहिलो कारोबार दिन आइतबार आज सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ ।

गत साताको शुक्रबार ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्य कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

यस्तै, शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज पनि सोही मूल्य कायम भइकारोबार भएको महासंघले जनाएको छ ।

jutta mela

यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा नै कारोबार भएको थियो ।

You might also like

Comments are closed.