तोलामा ५ सय रुपैयाँले महंगियो सुन, चाँदीको भाउ कति ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदी आज पनि पुनः बढेको छ । बुधबार तोलामा २ सय रुपैयाँले बढेको छापावाल सुन बिहीबार पुनः तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर छापावाल सुन बजारमा ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, बिहीबार चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । तोलामा ४० रुपैयाँले बढेसँगै चाँदी तोलाको १ हजार ३सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

jutta mela

बुधबार चाँदी तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

 

 

You might also like

Comments are closed.