सुनको मूल्य तोलाको ९९ हजार नौ सय पुग्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सयले बढेको छ ।

आइतबार प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय रुपैयाँ रहेको छ । यसको मूल्य हिजो दिन प्रतितोला रु ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.