तोलामा ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार स्थिर रहेको सुनचाँदी बिहीबार भने बढेको छ । बिहीबार छापावाल सुन तोलामा ४ सयले बढेको हाे ।

बिहीबार तोलामा ४ सयले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी,बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.