आज सुनको मूल्य १ लाख ३ सय पुग्यो, चाँदीको भाउ कति ?

काठमाडौं । पछिल्लो समयमा सुनचाँदी बजारमा लगातार बढी रहेको छ । बिहीबार तोलामा ४ सयले बढेको छापावाल सुन शुक्रबार पनि तोलामा पुनः ६सयले बढेको छ ।

शुक्रबार तोलामा ६ सयले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, शुक्रबार चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । तोलामा ३० रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय ९० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । मंसिर महिना लगनको महिना मानिन्छ ।

यस महिना धेरै बरबुध विवाह बन्धनमा बाधिने गर्छन सोही कारण सुनचाँदीको कारोबार बढी हुने गर्छ । पछिल्लो समयमा लगातार सुनको मूल्य बढेपछि ग्राहक मर्कामा परेका छन् ।

You might also like

Comments are closed.