लगातार ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि लगातार ओरालो लागिरहेको छ । सोमबार तोलामा ३ सयले घटेको छापावाल सुन मंगलबार पनि पुनः २ सयले घटेको छ ।

तोलामा २ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापवाला सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

You might also like

Comments are closed.