काठमाडौं । नेपाली बजारमा एकैदिन सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । सोमबार र मंगलबार लगातार घटेको सुन बुधबार भने तोलामा १ हजार रुपैयाँले बढेको हो ।
तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै , बुधबार तेजाबी सुनको मूल्यप्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी पनि १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदीकाे मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।








Comments are closed.