काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि घटेको छ । बुधबार एकैदिन तोलामा १ हजारले बढेको सुनको मूल्य बिहीबार भने तोलामा ७ सयले घटेको हो ।
बिहीबार तोलामा ७ सयले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलमा २० रुपैयाँले घटेको छ । तोलामा २० रुपैयाँले घटेसँगै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।








Comments are closed.