काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि पुनः घटेको छ । बिहीबार ७ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य शुक्रबार पनि तोलामा ४ सय रुपैयाँले घटेको छ ।
शुक्रबार तोलामा ४ सयले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलमा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।








Comments are closed.