तोलामा ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा लगातार घटेको सुनचाँदीको मूल्य आइतबार बढेको छ । शुक्रबार तोलामा ४ सयले घटेको छापावाल सुन आइतबार भने तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आइतबार तोलामा ६ सयले बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदी तोलमा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय८० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.