काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ६ सय रुपैयाँले बढेको छापावाल सुन सोमबार भने स्थिर रहेको हाे।
आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तोलाका १ लाख रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार तोलाको १ हजार ३ सय८० रुपैयाँमा कोरोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।








Comments are closed.