सुनचाँदीको मूल्य सामान्य घट्यो, तोलाको कतिमा बिक्री हुँदैछ ?

काठमाडौं । सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार भने सामान्य घटेको छ । मंगलबार छापावाल सुन तोलामा १ सयले घटेको छ ।

तोलामा १ सय रुपैयाँले घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावाल सुन प्रतितोला तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलाको ५ रुपैयाँ घटेको छ । तोलामा ५ रुपैयाँ घटेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.