तोलामा ८ सयले बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

काठमाडौं । मंगलबार सामान्य घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । मंगलबार तोलामा १ सयले घटेको छापावाल सुनको मूल्य बधबार भने तोलामा ८ सय रुपैयाँले बढेको छ ।

तोलामा ८ सय रुपैयाँले बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुन प्रतितोला तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलाको २५ रुपैयाँ बढेको छ । तोलामा २५ रुपैयाँ बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.