सुनको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय १० डलर आसपास कारोबार भइरहेको छ । रासस

You might also like

Comments are closed.