सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार २ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

जसको मूल्य सोमबार प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो । त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.