काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेर ९९ हजार ९ सय रूपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रूपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु एक हजार ३ सय ८० कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३५ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.