सुनको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ९ सय ५७ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.