सुनको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँ आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

जसको मूल्य मङ्गलबार प्रतितोला ९६ हजार २ सय रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २ सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ५४ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.