एक सातापछि सुनको मूूल्यमा वृद्धि

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा सोमबार सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि रु ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ ।

jutta mela

तोलामा रु एक हजार ३२५ मा आइतवार कारोवार भएको चाँदी आजका लागि भने रु एक हजार ३५० मूल्य निर्धारण भएको छ ।

You might also like

Comments are closed.