बढ्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार १ लाख ४ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य १ लाख ३ हजार ६ सय रुपैयाँ रहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ मूल्य कायम भएको छ ।

You might also like

Comments are closed.